
श्रेणी : मधेस
वीरगन्ज, ०८ पुस । वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरू दैनिक चार घण्टा विद्युत् कटौतीको समस्याबाट प्रभावित भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक माग पूरा गर्न नसक्दा यो कटौती लागू गरिएको हो ।
प्राधिकरणले साँझ ५ बजेदेखि ९ बजेसम्म (पिक आवर) को समयमा विद्युत् कटौती गर्दै आएको छ । औद्योगिक क्षेत्रमा यो समयमा हुने कटौतीले उद्योगहरूको उत्पादनमा प्रत्यक्ष प्रभाव परेको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालका अनुसार विद्युत् कटौतीले उद्योगहरूले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न सकेका छैनन् । डिजेल प्लान्ट प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दा उत्पादन लागत अत्यधिक बढेको र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको गुनासो ।
“अघोषित लोडसेडिङका कारण उद्योग सञ्चालनमा गम्भीर कठिनाइ आएको छ । प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका उद्योगहरू संकटमा छन्,” विज्ञप्तिमा भनिएको छ । तत्कालै समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरिएको छ ।
वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले पिक आवरका समयमा विद्युत् आपूर्ति व्यवस्थित गर्न कठिनाइ भएको स्वीकार गरका छन्र ।
समस्या समाधानका लागि सम्भाव्य सबै प्रयास गरिरहेको बताइए पनि तत्काल समाधानको सुनिश्चितता गर्न नसिकउकाे अवस्था छ । ।
आर्थिक असर र चेतावनी:
उद्योगी व्यवसायीहरूले यो समस्या तत्काल समाधान नभए थप आर्थिक संकट सिर्जना हुने चेतावनी दिएका छन् । प्रतिस्पर्धात्मक क्षमतामा गिरावटका कारण निर्यात प्रभावित हुने र रोजगारी गुम्ने खतरा रहेको उद्योगीहरूको ्रभनाइ छ ।
विद्युत् आपूर्ति सुधारका लागि प्राधिकरणले वैकल्पिक स्रोतहरू खोज्नुपर्ने , पिक आवर व्यवस्थापनका लागि लोड व्यवस्थापनको योजना बनाउने,
उद्योगी व्यवसायीसँग समन्वय गरी कटौतीको समय र असरलाई न्यून गर्ने, लगायतका माग रहेकाे छ ।

प्रतिक्रिया