२०८२ बैशाख १२, शुक्रबार

वीरगन्ज :
१३:१०:२५

अंग्रेजी नयाँ वर्षमा पर्सामा १२० सवारी कारवाहीमा

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.9kViews
1671 Shares

वीरगंज । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्सामा १२० सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार पर्साका विभिन्न स्थानमा चेकजाँच गर्दा १२० सवारी साधन कारवाहीमा परेका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेका २० सवारीलाई २४ घण्टे जारी गरी अर्काे चालकलाई जिम्मा लगाएर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । उनका अनुसार ४ वटा मोटरसाइकललाई होल्डमा राखिएको छ ।

पर्साको ठोरीमा बिना हेलमेट सवारी चलाउने, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको, सवारी दर्ता किताब नबोकेको २५ वटा सवारीलाई कारवाही गरिएको छ ।

वीरगंजकाे तिलावे पुलमा ११ वटा, गण्डकमा ५ वटा, पावरहाउस ९ वटा, वीरगंज भन्सारमा ६ वटा, बसपार्कबाट ६ वटा, ड्राइपोर्टबाट २७ वटा र बहुअर्वाभाठाबाट १२ सवारीलाई कारवाही गरिएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय ३ पटक विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको छ, जसमा २७० जना चालक र सर्वसाधारणलाई ट्राफीक सचेतनाका बारेमा सचेत गराइएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताए ।

यसपटक नयाँ वर्षमा कुनै अप्रिय घटना नभएको भन्दै उनले खुशी व्यक्त गरेका छन् । साथै चाडवाड तथा अन्य अवसरमा ट्राफिक नियमको पालना गर्न पनि उनले आग्रह गरेका छन् ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *