वीरगन्ज :

सीबीआइएल क्यापिटलको साधारणसभा २८ असोजमा

श्रेणी : अर्थ

2 years
birgunj report
50Views
0 Shares


काठमाडौं, ५ असोज ।
सीबीआइएल क्यापिटलको २८ असोजमा वार्षिक साधारणसभा हुने भएको छ । गत २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको क्यापिटलले बुधबार सार्वजनिक सूचना गरेर यसबारे जानकारी दिएको हो । सार्वजनिक सूचनाअनुसार सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । कम्पनीले १४ असोजमा बुक क्लोज मिति तोकेको छ । यसर्थ, १३ असोजसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *