वीरगन्ज :

सरकारलाई धन्यवाद दिन तयार रहन प्रचण्डलाई गृहमन्त्रीको आग्रह

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.1kViews
1928 Shares

काठमाडौं, १८ पुस । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिन तयार रहन आग्रह गरेका छन्।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा शेरादरबारको विषयमा चर्चा हुँदै प्रचण्डले भनेका थिए, “कानूनविपरीत भए फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद दिन्छु।”

प्रचण्डको भनाइको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, “शेरादरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ। यदि कसैको नाममा गैरकानुनी काम भएको पाइयो भने सरकार त्यसलाई फिर्ता ल्याउँछ ।”

त्यसअघि, बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादमा गृहमन्त्रीबाट स्पष्टता मागेका थिए। घिमिरेले भने, “शेरादरबारको विषयमा के भइरहेको छ? गृहमन्त्रीले यसबारे स्पष्टीकरण दिनु आवश्यक छ।”

गृहमन्त्री लेखकले अन्तिम जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संशोधन विधेयक र शेरादरबारको मुद्दामा आफ्नो धारणा राख्दै सरकारलाई धन्यवाद दिने बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *