वीरगन्ज :

संविधान दिवसको अवसरमा ९९८ विभूषण प्रदान

श्रेणी : BANNER

3 years
birgunj report
11Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन् । भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *