वीरगन्ज :

शेयर बजारमा ११ अंकको बृद्धि

श्रेणी : अर्थ

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अङ्कमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता शेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *