
श्रेणी : BANNER

वीरगंज (पर्सा), २८ भदौ / यही असोज १ गते पर्ने विश्वकर्मा पुजाको लागि बनाइएका माटोका मुर्तिहरु विक्री नभएपछि मुर्तिकारहरु चिन्तित बनेका छन् । प्रत्येक वर्ष विश्वकर्मा पुजाको दिन सानादेखि ठुलठूला उद्योगहरुमा धुमधामका साथ विश्वकर्मा पुजा हुने गरेकोमा विगत तीन वर्षदेखि कोरोना संक्रमणको कारण विश्वकर्मा पुजा औपचारिकतामा मात्रै सीमित भएपछि मुर्ति व्यवसायीहरु मर्का परेको मुर्तिकार वीरगंज महानगरपालिका निवासी राजकुमार कुम्हालको भनाई छ ।
विश्वकर्मा पुजा आउन दुई तीन दिन मात्रै बाँकी रहँदा पनि अहिलेसम्म २५ प्रतिशत पनि मुर्ति विक्री नभएको उनको भनाई छ । विगतमा विश्वकर्मा पुजाको दिन ७५ देखि १ सय भन्दा बढि मुर्ति विक्री गर्दै आएकोमा विगत तीन वर्षदेखि मुर्ति विक्री हुने क्रम रोकिएकोले व्यवसाय संकटमा परेको कुम्हालको भनाई छ । विभिन्न ठाउँबाट माटो, पराज, बाँस लगायतका सामाग्रीहरु किनेर ल्याई मेहनत गरेर मुर्ति बनाएपनि मुर्ति विक्री नभएपछि लगानी पनि डुब्ने चिन्ताले सताएको उनको भनाई छ ।
पहिला १ ट्याक्टर माटो १ हजार रुपैयामा आउँथ्यो अहिले त्यही १ ट्याक्टर माटो ३ हजार रुपैयामा आउँछ, बाँसको मूल्य पनि दोब्बरले महँगिएको छ, पेन्टको पनि मुल्य आकाशिएको छ, त्यसमा पनि सबैभन्दा बढि लाग्ने भनेको मेहनत हो भन्दै मुर्तिकार कुम्हालले अहिलेसम्म २५ देखि ३० हजार रुपैया लगानी गरेर मुर्तिहरु बनाएका छौं तर विश्वकर्मा पुजा आउन दुई तीन दिन मात्रै बाँकी रहँदासम्म २५ प्रतिशत पनि मुर्ति विक्री नभएको कारण लगानी पनि डुब्ने अवस्था सृजना भएको उनको भनाई छ ।

अर्कोतर्फ अत्याधुनिक पत्थरको मुर्ति, फोटो लगायतका सामाग्रीले गर्दा पनि माटोको मुर्तिको विक्रीमा कमि आएको उनको भनाई छ । ठूलठूला अधिकाँश उद्योगहरुले स्थायी रुपमा नै विश्वकर्मा बाबाको अत्याधुनिक पत्थरको मुर्ति नै स्थापना गरेको चलन चल्ती नै बढेको छ, एक पटक स्थापना गरेपछि वर्षेनी त्यसैमा पुजा गर्ने गरेका छन् भने छिटफुट रुपमा केही साना साना कल कारखानाहरु मात्रै माटोको मुर्ति किन्ने गरेको कारण माटोको मुर्तिको व्यापारमा कमि आएको बताए ।
उनीहरुले बनाएको मुर्ति ७ सय देखि १५ सय रुपैयासम्म विक्री गर्दै आएका छन्, त्यसमा पनि बनाइएका मुर्तिहरुबाट २५ प्रतिशत मात्रै मुर्ति विक्री भएकोले लगानी पनि डुब्ने चिन्ताले सताएको उनको भनाई छ । यस्तो अवस्था रह्यो भने भोलिका दिनमा माटोको मुर्ति बनाउनेहरु विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ । विस्तारै सबै कुराहरु अत्याधुनिक तर्फ लम्कि रहेको छ, परम्परागत माटोको मुर्ति किनेर पुजा गर्ने चलन पनि विस्तारै कम हुँदै गएको उनको भनाई छ ।
राजकुमारले बनाएको मुर्ति मात्रै विक्री नभएका होइनन्, वीरगंजको अधिकाँश ठाउँमा बनाइएका मुर्तिहरुमध्ये २५ प्रतिशत मुर्ति विक्री नभएको उनको भनाई छ ।वीरगंज टाईम्स

प्रतिक्रिया