वीरगन्ज :

युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
7Views
0 Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका छन् ।

मस्कोले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुस र चीनका राष्ट्रपतिहरू पहिलोपटक प्रत्यक्ष रूपमा बिहीवार उज्बेकिस्तानको समरकन्दमा भेटेका हुन् । पुटिनले त्यहाँ एकल ध्रूविय विश्व खडा गर्ने प्रयासहरूको निन्दा गरेका छन् । राष्ट्रपति सीले चीनले ठूला शक्तिका रूपमा रुससँग सहकार्य गर्न खोजेको बताएका छन् ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले रुसलाई कुनै नयाँ सहयोगको घोषणा नगरेको बताए । चीनले युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको छैन तर युद्ध सुरु भएयता मस्कोसँग उसको व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ ।

पछिल्ला दिनमा रुसी फौजले यसअघि नियन्त्रणमा लिएका युक्रेनी क्षेत्रहरू गुमाइरहेको महत्वपूर्ण समयमा साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनको अवसरमा दुई नेताहरूबीच भेट भएको हो ।

दुवै नेताहरूबीचको यसअघिको भेट शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा गत फेब्रुअरीमा भएको थियो । जसक्रममा उनीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै द्विपक्षीय सम्बन्धको कुनै सीमा नभएको जनाएका थिए । जसको केही दिनमा रुसले युक्रेन आक्रक्रमण सुरू गरेको थियो ।

रुसले युक्रेनमा आक्रमण सुरू गरेपछि बेइजिङले युद्ध अन्त्यको आह्वान गर्दै सार्वभौमिकताको महत्वमा जोड दिएको छ । तर उसले त्यसलाई रुसी आक्रमण भन्न निरन्तर अस्वीकार गर्दै आएको छ जसलाई रुसी नेताहरूले विशेष सैन्य कारबाही भन्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *