वीरगन्ज :

मिटरब्याजी पीडितको गुनासो : १४ लाखको ४४ लाख तिर्दा पनि कर्जा जस्ताको तस्तै

मिटरब्याजी पीडितको गुनासो : १४ लाखको ४४ लाख तिर्दा पनि कर्जा जस्ताको तस्तै

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

वीरगंज (पर्सा), १५ भदौ / मिटरब्याजीको चङ्गुलमा फसेर सास्ती खेप्नुपरेको तथा घरबारविहीन हुन पुगेको भन्दै आज वीरगञ्जमा एकैपटक तीन घरपरिवारका सदस्यले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेका छन् ।
सबै जग्गा जमिन बेचेरे दिए पनि अहिलेसम्म कर्जा जस्ताको तस्तै रहेको भन्दै पीडितले मिटरब्याजीलाई कारवाहीको माग गरेका छन् । रौतहटको मौलापुर नगरपालिका(२ सोनरनियाका दयाशङ्करप्रसाद यादवले २०७६ साल असोज महिनामा बाराको कलैया उपमहानगरपालिका(५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको व्याजबापत उनले रु ४२ लाखभन्दा बढी तिरिसकेको भए पनि ऋण चुक्ता हुन नसकेको दयाशङ्करकी आमा सुनैना देवी र श्रीमती सन्ध्या यादवले बताउनुभयो । उहाँहरुले मिटरब्याजी अनिललाई कारवाहीको माग गर्नुभयो ।
ऋण चुक्ता गर्ने बेला नगदमा पैसा लिएको तर विश्वासका लागि भन्दै ऋण लिने तथा तमसुक बनाउने बेला मिटरब्याजी अनिलले लिएको चेक हाल पैसा दिए पनि जानीजानी बाउन्स गराई आफ्नो छोरालाई कारागार पठाउन बाध्य बनाएको ७३ वर्षीया आमा सुनैना देवीले गहभरी आँशु पार्दै भन्नुभयो । उहाँले मिटरब्याजीका कारण आफ्नो परिवार सडकमा आएको गुनासो गर्नुभयो । अनिल बाराकै प्रसौनी गाँउपालिका(३ नौतन गण्डकस्थित रामजानकी आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेको बुझिएको छ । आफू मिटरब्याजीको धन्दा चलाउने व्यक्ति नभएको र आफ्नो बद्नामी चाहने व्यक्तिहरुले आफूविरुद्ध उजुरी हालेको उहाँको भनाइ छ ।
हालै सरकारले मिटरब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसँगै तीन जनाको उजुरी परेको छ । अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका(१ का युगलकिशोर यादव र महागढीमाई नगरपालिका(७ का किशोरीप्रसाद यादवले पनि उजुरी हाल्नुभएको छ । उजुरीकर्ता युगलकिशोरले २७ लाख रुपैयाँ ऋण दिएर ८१ लाख रुपैयाँको कपाली तमसुक बनाएको र हाल पैसा सबै चुक्ता गरे पनि बन्धकी राखिएको कागज फिर्ता दिन आलटाल गरिरहेको बताउनुभयो ।
त्यस्तै अनिलसँग मिटरब्याजमा ७५ लाख रुपैयाँ ऋण लिएको तर उक्त ऋणको ब्याज मात्रै पाँच करोड रुपैयाँ तिरिसक्दा पनि ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको देखाइएको अर्का पीडित किशोरीप्रसाद यादवको दुखेसो छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *