वीरगन्ज :

माग अनुसारको मल आयात नहुँदा वर्षेनी मल अभावको समस्या झेल्दै किसान

माग अनुसारको मल आयात नहुँदा वर्षेनी मल अभावको समस्या झेल्दै किसान

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

वीरगन्ज (पर्सा), ८ भदौ / मुलुकलाई कृषि प्रधान देश भनेर चिनिन्छ तर सधैं किसानहरु मल नपाएर मर्कामा पर्ने समस्या यथावत नै छ । वर्षेनी मल आवश्यक पर्ने बेलामा सरकारले मल उपलब्ध गराउन नसक्दा कृषकहरु मल अभावमा समस्या झेल्नु परेको छ । अहिले धानबालीमा छर्कनको लागि युरिया मलको किसानहरु भौतारि रहेका छन् ।
धानबाली रोपेको १ महिनाको हाराहारीमा युरिया मल छर्किनुपर्छ । एक त समयमा पानी नपरेर धान रोपाईमा ढिलो भएको थियो भने रोपिएको धानमा समयमा मल नपाउँदा नष्ट हुने चिन्ताले सताएको किसानहरुको भनाई छ । एक त पानीको अभावकोबीच जसोतसो धान रोपिएपनि त्यो बाली अहिले सुकेर चिरा फाट्न थालेको र त्यसमा पनि मल नपाएर अर्को समस्या थपिएको किसानहरुको गुनासो छ । सधैं आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरुले समयमा मल उपलब्ध नहुँदा झनै मर्कामा पर्ने गरेको बताइएको छ ।
यहाँका किसानहरु वर्षेनी मलको अभाव खेप्दै आएका छन् । कृषि सामाग्री कम्पनीदेखि साल्ट टे«डिङ्ग कम्पनीसँग मल छैन । कृषि सामाग्री कम्पनीले युरिया मल हदसम्म वितरण गरेतापनि वितरण प्रणाली प्रभावकारी हुन नसक्दा वास्तविक किसानसम्म मल पुग्न सकि रहेको छैन । नेपाल सरकारले कृषकहरुको लागि अनुदानमा उपलब्ध गराएको मल कृषक समक्ष पुग्न नसकेको कारण वर्षेनी कृषकहरुले मलको समस्या झेल्नु परेको कृषकहरुको गुनासो छ । एक बोरा मलको लागि भारततर्फ निर्भर हुनुपर्ने अवस्था रहेको किसानहरुको भनाई छ ।
कृषि सामाग्री कम्पनीबाट मल लैजाने कृषक सहकारी सँस्थाहरुले आफ्नो आसेपासेलाई मात्रै वितरण गर्ने गरेको तथा कालोबजारी गर्ने गरेको कारण वास्तविक किसानहरु १ बोरा मलको लागि भौतारिनु परेको अवस्था छ । नेपाल सरकारको नियम अनुसार कृषि सामाग्री कम्पनीबाट डिलर लिएका कृषक समूहहरुले मात्रै मल लैजान पाउने प्रावधान छ तर ति समूहमा भएका कृषकहरु बाहेक अन्य कृषकहरुले मल नपाउने गरेको कृषकहरुको गुनासो छ ।
कृषि सामाग्री कम्पनीले मल वितरण पनि नगरेको होइन, तर वितरण प्रणाली प्रभावकारी हुन नसक्नु एवं माग बमोजिम मल आयात हुन नसकेको कारण पनि किसानहरु वर्षेनी मल अभावको समस्या झेल्दै आएका छन् । वीरगन्ज स्थित कृषि सामाग्री कम्पनी प्रादेशिक कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म युरिया ३६ हजार ४ सय २३ मेट्रिक टन, डि.ए.पी. २१ हजार ३ सय ५ मेट्रिक टन, पोटास् १ हजार १ सय २४ मेट्रिक टन वितरण गरेको सहायक प्रवन्धक आलोक कुमार झाले जानकारी दिए ।

यस मधेश प्रदेशमा धान बढि उत्पादन हुने गरेको कारण जेठ, असार, साउन र भदौ महिनाको लागि मात्रै मधेश प्रदेशमा युरिया ५० हजार मेट्रिक टन, डि.ए.पी. ५० हजार मेट्रिक टन तथा पोटास २० हजार मेट्रिक टन मलको आवश्यक्ता पर्छ तर माग बमोजिम कहिलेपनि मल आयात हुन नसकेको कारण पनि यस्तो समस्या उत्पन्न हुने गरेको छ ।
नेपाल सरकारले यस आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल भरिको लागि रु १५ अर्वको बजेटमा १ लाख ४२ हजार मेट्रिक टन मल खरिद गर्ने योजना बनाएको छ । यही असार ३ गते नेपाल मल आपूर्ति वितरण तथा व्यवस्थापन समितिको बसेको बैठकमा यस आर्थिक वर्ष २०७८/०७९ को लागि युरिया ८२ हजार मेट्रिक टन, डि.ए.पी. ६० हजार मेट्रिक टन गरि १ लाख ४२ हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको हो । जबकी प्रदेश २ मा मात्रै १ लाख २० हजार मेट्रिक टन मलको माग छ । यसरी माग अनुसारको मल खरिद नगरिएको कारण वर्षेनी कृषकहरुले मल अभावको समस्या झेल्दै आएका हुन् ।
यता कृषि ज्ञान केन्द्र पर्साका प्रमुख सुरेश प्रसाद चौरसियाले मल अभावको समस्या यथावतै रहे यस वर्ष धान उत्पादनमा कमि आउने बताए । उनले पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टरमा धानखेती लगाइएको छ, धानबाली लगाउने बेलामा पनि लामो खडेरी परेर धान रोपाई ढिलो भएको थियो, जसोतसो गरेर मलखाद विना किसानहरुले धानखेती लगाएको तर अहिले टिजर अवस्थामा (गाज आउने) अवस्थामा पनि मल हालिएन भने उत्पादनमा पक्कै कमि आउने बताए ।
उनका अनुसार लामो खडेरी आईपुगेको छ, खेतमा पानी सुकेर धजाधजा चिरा परि सकेका छन्, धानको बोटहरु पहेलिएका छन्, यसो हेर्दा खेरी धान त राम्रै छ, जेभएपनि पर्सा जिल्लाको माटोले धानखेतीलाई राम्रो देखाएको छ तर टिजर अवस्थामा मल खाद र पानी राम्रोसँग भएन भने गाज बढि आउँदैन र गाज बढि नआएपछि उत्पादनमा पक्कै कमि आउने बताए ।
पर्सामा ९० प्रतिशत सोना मन्सुलीको खेती हुन्छ, सोनामन्सुली यस्तो जातको धान हो कि त्यसमा सिट ब्लाईटको प्रकोप बढि देखिन्छ, अहिले पनि सिट ब्लाईट लागिसकेको छ भन्दै प्रमुख चौरसियाले अहिलेसम्म कम मात्रामा सिट ब्लाइट लागेको छ तर अहिलेपनि तुरुन्तै पानी पर्यो, मल खाद व्यवस्थापन भयो भने पुनः हरियो भएर आउँछ, तर यस्तै खडेरी रह्यो भने धान उत्पादनमा कमि हुने बताए ।
पर्सा जिल्लामा ४८ हजार ५ सय ३२ हेक्टर खेती योग्य जमिन रहेको जसमा धान, गहुँ मकै बाली लगाउने गरेको अवस्थामा यसको लागि चाहिने मल प्रयाप्त रुपमा आयात हुन नसक्दा कृषकहरुले मल अभावको समस्या झेल्नु परेको उनको भनाई छ । पर्सा जिल्लामा यस वर्ष ४७ हजार १ सय ३० हेक्टरमा धानखेती लगाइएको छ । कृषि सामाग्री कम्पनीले पर्सा जिल्ला भरिको लागि पालिका स्तरीय मलखाद्य वितरण प्रणाली लागु गरि १६ हजार ४ सय ७७ बोरा युरिया मल वितरण गरेको छ भने धान रोपाईको बेला साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंज कार्यालयले १० हजार ६ सय ७३ बोरा युरिया मल वितरण गरेको छ । वीरगंज टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *