वीरगन्ज :

बीरगन्ज महानगरद्वारा सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्था

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.8kViews
1013 Shares

बीरगन्ज,१८ पुस । पछिल्ला केही दिनयता अत्यधिक चिसो र शीतलहरले जनजीवन प्रभावित बनेपछि बीरगन्ज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा आगो ताप्ने विशेष व्यवस्था गरेको छ। महानगरका मेयर राजेशमान सिंहको पहलमा यो कदम चिसोबाट प्रभावित नगरवासीलाई राहत दिनका लागि अघि सारिएको हो।

बिहीबारदेखि महानगरले नारायणी अस्पताल परिसर, माईस्थान चोक, घण्टाघर चोक, र वीरता चोकजस्ता स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था सुरु गरेको छ। नगर प्रहरी र कर्मचारीको टोलीले वडा अध्यक्षहरूको समन्वयमा यी स्थानहरूमा दाउरा वितरण गरेको छ।

महानगरका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार यो व्यवस्था ग्रामीण भेगका वडासम्म विस्तार गरिनेछ। मेयर सिंहले ३२ वटै वडाका सार्वजनिक स्थलहरूमा दाउरा वितरण गरी आगो ताप्ने सुविधा उपलब्ध गराउने योजना रहेको बताए।

शीतलहरको सुरुवातसँगै चिसोले नगरवासीको दैनिकी प्रभावित भएको भन्दै महानगरपालिकाले यस्तो कदम चालेको हो। यो व्यवस्था विशेषगरी विपन्न वर्गका मानिसहरूलाई चिसोबाट बचाउन उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *