वीरगन्ज :

बारामा एक पुरुष मृत फेला

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.6kViews
1607 Shares

बीरगन्ज,२० जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडा नजिकको कृषि सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान कलैया उपमहानगरपालिका–२४ श्रीपुर निवासी अन्दाजी ६० वर्षीय नन्दु महरा चमारका रूपमा भएको छ।

स्थानीयहरूले सिसौंको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेको छ भने मृतकका आफन्तको प्रतीक्षा भइरहेको जनाइएको छ। घटनास्थलमा स्थानीयको घुइँचो लागेको छ।

स्थानीय र आफन्तको भनाइअनुसार नन्दु केही दिनदेखि बिरामी थिए र आर्थिक अभावका कारण उचित उपचार हुन सकेको थिएन। मृतकका नातेदार नन्दलालका अनुसार, उनी लामो समयदेखि मदिरा सेवन गर्ने गर्थे र त्यही कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। शव पोस्टमार्टमका लागि तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *