वीरगन्ज :

बल्खुमा गरिएको विशेष चेकिङमा १८ वटा सुमो नियन्त्रणमा

श्रेणी : समाचार

2 years
birgunj report
12Views
0 Shares


काठमाडौं, भदौ २७ गते
काठमाडौंको बल्खुमा आज गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ह्याण्ड ब्रेक नभएका, टायरको अवस्था ठिक नभएका लगायत सवारीको विविध यान्त्रित अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिइएको हो ।

होल्ड गरिएका जीपका यात्रीलाई अन्य सवारी साधनबाट गन्तव्य स्थानतर्फ पठाउन लागि आवश्यक पहल भइरहेको छ । बल्खुबाट देशका विभिन्न स्थानका लागि सुमो जीप छुट्दै आएका छन् ।

यात्रुहरुको सुरक्षालाई मध्यनजर गरेर आज बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *