वीरगन्ज :

बचतकर्ताको करोडौं रुपैया लिएर सहकारीका संचालक फरार

बचतकर्ताको करोडौं रुपैया लिएर सहकारीका संचालक फरार

श्रेणी : BANNER

3 years
birgunj report
139Views
0 Shares

वीरगंज (पर्सा), ६ भदौ / वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बहि पुलस्थित रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपैया लिएर फरार भएका छन् । संस्थाका अध्यक्ष वीरगंज महानगरपालिका वडा नम्बर १ सिसोबारी छपकैया निवासी मुन्ना पटेल लगायत संस्थाका पदाधिकारीहरुले आफुहरुले जम्मा गरेको करिब १ करोड रुपैया भन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताले वताएका छन् ।
संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु पनि सम्पर्कमा छैनन्, स्थानिय बचतकर्ता अलि हुसैनले भने, ‘‘संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु विगत ६ दिनदेखि सम्पर्क विहिन रहेका छन् । नत उनीहरुको फोन नै लागेको छ, सोसल मिडियामा अनलाईन रहेपनि सम्पर्क हुन सकेको छैन ।’ आफू संस्थामा जम्मा गरेको २ लाख २५ हजार रुपैया झिक्न जाँदा विगत ६ दिन सहकारी संस्थाको कार्यालयमा ताल्चा लगाईएको पाएपछि सहकारी भागेको शंका लागेको थियो । पटेलको मोबाईल नम्बर ९८०७१४५८७९ मा सम्पर्क गर्दा अहिले पनि स्वीच अफ छ । संस्थाका सयौं सदस्यहरुले गरेको नियमित बचत र फिक्स डिपोजिटको करिब १ करोड भन्दा बढी जम्मा भएको रकम लिएर सम्पर्क विहिन भएको उनले बताए ।
सोमबार बिहान अध्यक्ष पटेलको घर घेराउ गर्न जाँदा उनका पिता रघुनाथ राउत कुर्मीले आफूसंग मुन्ना सम्पर्कमा नरहेको जनाएका छन । उल्टै आक्राशित हुदै मुन्नाका पिता कुर्मीले आफूलाई सोधेर रकम जम्मा गरेको हो ? भन्ने बचतकर्ता संग प्रश्न गर्दै मेरो सम्पर्कमा मुन्ना नरहेको बताएका थिए । पिडित बचतकर्ताहरुले सहकारी संस्था विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन । बचतकर्ता हुसैनले भने, ‘परिवारले समेत मुन्ना बारे जानकारी नगराएपनि आफूहरु उनी सहित संस्थाका पदाधिकारी विरुद्ध उजुरी दिने तयारी गरेका छौ ।’ बचतकर्ता रकम झिक्न जाँदा निरन्तर ४/५ दिन सम्म सहकारी संस्था बन्द रहेको देखेपछि सहकारी संस्था फरार भएको शंका गरिएका थिए । खोजिनिती गर्दै जाँदा सहकारी संस्थाका अध्यक्ष पटेलसहित संस्थाका अन्य पदाधिकारी समेत सम्पर्क विहिन भएपछि सहकारी संस्थाले करोडौ लिएर फरार भएको स्थानियलाई शंका लागेको छ ।
सहकारी संस्थामा दैनिक ज्यालादारी गर्ने, ठेला रिक्सा चलाउने देखि लिएर तरकारी बेच्ने लगातयका करिब जनताले दैनिक एक सय रुपैया भन्दा बढी जम्मा गर्ने गरेका छन । तर सहकारी संस्था फरार भएपछि उनीहरु विचल्लीमा परेका छन । कसैले आफनो छोरीको विवाह गर्नलाई समेत दैनिक ज्यालादारी गरेर बचत गर्ने गरेका थिए । वीरगंजमा हाल आधादर्जन भन्दा बढी सहकारी संस्थाहरुले पर्सेली जनताको करोडौ रुपैया लिएर फरार भएपनि एक दुई जना बाहेकलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । अव्यवस्थित र अनियन्त्रित सहकारी संस्थालाई नियन्त्रण गर्न गठित सहकारी संस्थाका छाता संगठनले पनि यसलाई नियन्त्रण गर्ने काम गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *