वीरगन्ज :

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौं महानगर घेराउ

श्रेणी : समाचार

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं, भदौ ३० गते
फुटपाथ व्यवसायीहरुले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको उनीहरको गुनासो छ । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेर घेराउ गरेका हुन् । महानगरले जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *