वीरगन्ज :

प्रतिनिधि सभामा आमात्य र प्रदेश सभामा साहको नाम सिफारिस

प्रतिनिधि सभामा आमात्य र प्रदेश सभामा साहको नाम सिफारिस

श्रेणी : BANNER

3 years
birgunj report
8Views
0 Shares

वीरगंज (पर्सा), १५ भदौ / नेपाली काँग्रेस प्रदेश सभा पर्सा क्षेत्र नं. २ को (क) क्षेत्रिय समितिले प्रत्यक्ष तर्फ प्रतिनिधी सभा र प्रदेश सभामा सर्वसहमत एक÷एक जनाको नाम सिफारिस गरेको छ । पर्सागढी नगरपालिकाको वडा नम्बर १ स्थित कोइलाभार मन्दिरमा बसेको प्रदेश सभा क्षेत्रीय समितिको बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र २ को क बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा बर्तमान प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको एकल नाम सिफारिस गरेको हो ।
यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपाति तर्फ विजय कुमार कर्ण , कामेश्वर मिश्र, वीर बहादुर प्रसाद यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी थरुइन्, अर्चना चौधरी र गोकर्ण मैदालीको नाम सिफारिस गरेको छ । क्षेत्रिय सभापति बेदमन दास थारुको सभापतित्वमा बसेको बैठकमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सह सचिव रोशन लामिक्षाने, महाधिवेशन प्रतिनिधि सरजुग महतो, हरेन्द्र महतो नुनिया लगायत क्षेत्रिय समितिका पदाधिकारी, सदस्य, प्रदेश प्रतिनिधि, विभिन्न वडाका सभापति लगायतको उपस्थिती रहेको थियो । यसैगरी प्रदेश सभा पर्सा क्षेत्र नं. २ को (ख) क्षेत्रिय समितिले पनि प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधान सभा सदस्य अमात्यको नाम सिफारिस गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित माइस्थान अतिथी सदनमा बसेको प्रदेश सभा क्षेत्रिय समितिको बैठकले प्रतिनिधी सभा सदस्यमा समानुपातिक तर्फ डाक्टर सुस्मा तिवारी, कन्हैयालाल केसरी, शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । उक्त बैठकले प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुब नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, प्रियंका केसरी, रुपा श्रेष्ठ, शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरिएको काँग्रेस प्रदेश सभा क्षेत्र २ (ख) का प्रवक्ता सन्जय चर्तुवेदीले जानकारी दिए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *