वीरगन्ज :

पिपुल्स पावरको सेयर बाँडफाँट

श्रेणी : अर्थ

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं । भदौ १३ गते
पिपुल्स पावर कम्पनीको साधारण सेयर आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो।

यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *