वीरगन्ज :

पर्साबाट हुण्डी कारोबारको आशंकामा दुई युवक पक्राउ

श्रेणी : अपराध

4 weeks
Pradeep Sah
2.9kViews
1553 Shares

बीरगन्ज,२० जेठ । पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले परवानीपुर चोकमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, परवानीपुर प्रहरी चौकीबाट खटिएको टोलीले मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको पल्सर मोटरसाइकलमा आएका दुई युवालाई संदेहजनक देखेर रोकि जाँच गरेको थियो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–२ निवासी २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहारको बेतिया, बकुलहर निवासी १९ वर्षीय सत्यम कुमार रहेका छन्। प्रहरीले उनीहरूलाई जाँच गर्दा सुरेशले बोकेको कालो झोलाभित्र ठूलो रकमको नगद फेला परेको थियो।

बरामद नगदमध्ये ७ लाख ७१ हजार रुपैयाँ १,००० दरका ७७१ थान नोटमा र ४ लाख २९ हजार रुपैयाँ ५०० दरका ८५८ थान नोटमा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार, पक्राउ परेका दुवै जनामाथि हुण्डी कारोबारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार मुद्दा चलाइ ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *