वीरगन्ज :

पर्साको क्रेसर उद्योगमा १८ वर्षीय कामदारको मृत्यु

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.0kViews
1895 Shares

बीरगन्ज,२० जेठ । पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–२९, मुसैलीस्थित श्री आदर्श क्रेसर उद्योगमा कार्यरत एक युवाको काम गर्ने क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका १८ वर्षीय अजय मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं डिएसपी किशोर लम्सालका अनुसार, ढुङ्गा फोड्ने मेसिनको बेल्ट अचानक चुडिँदा मण्डल ढुङ्गाको धुलो र बेल्टले बेरिएर गम्भीर घाइते भएका थिए। तत्कालै उद्धार प्रयास गरिए पनि उनले घटनास्थलमै ज्यान गुमाएका हुन्।

प्रहरीले उक्त घटनालाई शंकास्पद मानेर थप अनुसन्धानका लागि डिएसपी लम्सालकै नेतृत्वमा विशेष टोली गठन गरिएको जनाएको छ। शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।

उद्योगमा सुरक्षाका मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ। मण्डलको मृत्युपछि स्थानीयस्तरमा सुरक्षा लापरवाहीको विषयमा प्रश्न उठ्न थालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *