वीरगन्ज :

थ्रिल फेक्ट्री नामक इन्टरटेन्मेन्ट र फन पार्क संचालन

थ्रिल फेक्ट्री नामक इन्टरटेन्मेन्ट र फन पार्क संचालन

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

परवानीपुर (बारा), २३ भदौ / बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ४ च‌ैनपुरस्थित थ्रिल फेक्ट्री नामक इन्टरटेन्मेन्ट जुन र फन पार्क संचालनमा आएकाे छ । केडिया आँखा अस्पताल र डेएभि स्कुल नजिक मेनराेड मै १० कठाकाे क्षेत्रफलमा थ्रिल फेक्ट्री संचालनमा आएकाे हाे ।
बच्चादेखि युवा सम्मकाे खेलकुद र इन्टरटेन्मेन्ट गर्ने स्थलकाे रुपमा थ्रिल फेक्ट्री संचालनमा ल्याइएकाे संचालक निखिल चचानले वताए । यस क्षेत्रमा इन्टरटेन्मेन्ट साधानकाे अभाव महसुस भएपछि इन्टेरटेन्मेन्ट जुन र फन पार्ककाे रुपमा संचालनमा ल्याएकाे उनले वताए । बुधबारदेखि संचालनमा आएकाे थ्रिल फेक्ट्रीमा १५ किसिमकाे खेलकुद तथा इन्टरटेन्मेन्टकाे साधन उपलब्ध रहेकाे संचालक चचानले जानकारी गराए । जसमा जग्गाकाे मुल्य छाडेर १० कराेड र जग्गासहित १५ कराेड भन्दा बढी लगानी लागेकाे उनले वताए ।
परवानीपुरकाे चैनपुस्थित संचालनमा आएकाे थ्रिल फेक्ट्री देश भर कै इन्टरटेन्मेन्ट जाेन र फन पार्क मध्ये एक ठाउँमा सब भन्दा बढी किसिमकाे खेलकुद गर्ने पहिलाे स्थल भएकाे संचालक चचानले दाबी समेत गरे । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *