वीरगन्ज :

तातोपानी र केरुङ नाका संचालनमा

श्रेणी : अर्थ

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । तिब्बतमा कोरोना संक्रमणका कारण बन्द भएका उत्तरका तातोपानी र केरुङ नाका संचालनमा आएका छन् । एक महिनापछि दुबै नाका संचालनमा आएका हुन् । केहीदिन अघि तातोपानी नाका खुलेको थियो भने बिहीबारदेखि केरुङ नाका खुलेको हो नाका खुलेपनि चिनियाँ अधिकारीले सीमित कन्टेनर मात्रै जान दिएका छन् ।

बिहीबार केरुङबाट ७ वटा कन्टेनर मात्रै चिनियाँ पक्षले पठाएको छ । रसुवा भन्सार प्रमुख रामप्रसाद मैनालीले नाका खुला भएर ७ वटा कन्टेनर सामान आएको जानकारी दिए ।

उनका अनुसार ती कन्टेनरमा रेडिमेड सामानहरु रहेका छन्। यस्तै तातोपानी नाकाबाट दैनिक २ वटा कन्टेनर भित्रिरहेका तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण बास्तोलाले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको भेटमा चीनको जनकंग्रेसका अध्यक्ष ली चान्सुले नाका खोल्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *