वीरगन्ज :

ट्राफिक नियम उल्लंघन गर्ने २९ सय ५९ सवारी चालकमाथि कारवाही

श्रेणी : समाचार

3 years
birgunj report
28Views
0 Shares


काठमाडौं । भदौ १२ गते
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि करावाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *