![छानविन गर्न अख्तियारको टोली धोबिनी गाउँपालिकामा, विभिन्न योजनाको स्थलगत निरीक्षण](https://birgunjreport.com/wp-content/uploads/2023/12/cropped-Birgunj-Report-Final-Logo.jpg)
श्रेणी : BANNER
![](https://news.birgunjreport.com/wp-content/uploads/2022/08/Dhobini-Gaupalika-News-750x375-3.jpg)
वीरगंज (पर्सा), १४ भदौ / पर्साको धोबिनी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली पुगेको छ । अख्तियारमा परेको विभिन्न योजनाको बारेमा छानविन गर्न टोली पुगेको वताइएको छ । अख्तियारको टोलीले मंगलबार गाउँपालिकामा पुगी उजरी परेको विभिन्न योजनाको स्थलगत निरिक्षण गरे हो । उजरी परेको वाकी योजना पुनः बुधबार स्थलगत निरिक्षण गर्नु साथै छानविन गर्ने छ ।
तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको पालमा विभिन्न योजना भएको अनियमितताको सम्बन्धमा स्थानियले अख्तियारमा उजरी दिएपछि छानविन गर्न टोली पुगेको हो । प्रमुख प्रशासकिय अधिकृतले कमिशन लोभमा स्टिमेट अनुसार काम नभएको योजनाको पनि निकास गरेपछि स्थानियले अख्तियारमा उजरी दिएका थिए । त्यसैगरी नियम विपरित गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा बृजकिशो त्रिपाठीलाई जिम्मेवारी दिएको विषयमा परेको उजरी बारेमा पनि अख्तियारको टोलीले छानविन गरेको छ ।
यसका साथै धोबिनी गाउँपालिका पुगेको अख्तियारको टोलीले मंगलबार वडा नं. ३ हरिहपुरस्थित एक विद्यालयको र वडा नं. ५ धोबिनीस्थित निर्माण भएको ढलान सडकको स्थालगत निरिक्षण गर्दै नाप नाक्सा समेत गरेको गाउँपालिका स्रोतले जनाएको छ । त्यसैगरी टोलीले गाउँपालिकाको अन्तर्गतको विभिन्न विद्यालयको लागि आएको अनुदानको रकम विना कामको निकास भएको पाइएपछि फिर्ता गर्न लगाएको बुझिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत साह कालिकामाई गाउँपालिकामा हुँदा पनि उनी विरुद्ध थुप्रै उजरीहरु परेका थिए । त्यहाँ पनि अख्तियारको टोली पुगी उजरी परेको योजनाहरुको स्थलगत निरिक्षण गर्नुको साथै छानविन गरेको थियो । वीरगंज टाईम्स
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया