वीरगन्ज :

एसईई परीक्षा ७ चैतदेखि, ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.8kViews
1372 Shares

काठमाडौं, २२ फागुन । आगामी ७ चैतदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा देशभरबाट ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार, नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिका लागि ४ हजार (२०७८–०७९) विद्यार्थीले फारम भरेका छन् ।

परीक्षाका लागि २,१३१ परीक्षा केन्द्र तोकिएको छ, जसमा केही थपघट हुन सक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। परीक्षा केन्द्रको सुरक्षाका लागि गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा निकाय परिचालन गरिनेछ ।

विद्यार्थीले भरेका फारमका आधारमा प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रमा तीव्र रूपमा भइरहेको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्रको गोपनीयता सुनिश्चित गर्न छपाइस्थलमै रहेका छन् ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुर्‍याइसकिएको छ, जबकि बाँकी प्रदेशमा छिट्टै पठाइनेछ। उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले नै छपाइ गरी परीक्षा केन्द्रमा वितरण गर्नेछ ।

परीक्षा समन्वय समितिले परीक्षा केन्द्र व्यवस्थापन गर्नेछ, जसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्नेछन्। समितिमा जिल्ला शिक्षा इकाइ प्रमुख र सुरक्षा निकायका प्रमुख सदस्य रहनेछन् ।

परीक्षा अवधिमा अनुगमनका नाममा भिड जम्मा गर्न रोक लगाइएको छ, भने आवश्यक व्यवस्थापन जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ। परीक्षा केन्द्रमा २७–२८ गतेसम्म सम्पूर्ण तयारी पूरा गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *