वीरगन्ज :

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसुची

श्रेणी : राजनीति

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । भदौ ११ गते
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजोदेखि जारी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे केन्द्रीय कमिटी बैठक बस्दै छ। आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरिने छ ।

आजको बैठकमा नौ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।समूहगत छलफलपछि केन्द्रीय सदस्यले उठाएका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ। राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *