वीरगन्ज :

‘ऋतुहरूमा’ गायक तथा मोडल शाहिलराज पाण्डे र स्मारिकाको रोमान्स

श्रेणी : कला / साहित्य

2 years
birgunj report
7Views
0 Shares


काठमाडौं, २६ भदौ  । गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरूमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडलसमेत रहेका गायक शाहिलकै शब्द सृजनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ ।

पेसाले मेकानिकल इञ्जिनियरसमेत रहेका गायक तथा मोडल शाहिललाई ऋतुहरूमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्वय शाहिल र स्मारिकाको अभिनय देख्न सकिन्छ । 

गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडियो गायक शाहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक शाहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=kYki7_wmzGU

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *